काठमाडौं उपत्यकामा थपिए ९५७ कोरोना संक्रमित

नेपालखोज २०७७ मंसिर ७ गते १६:५९

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज काठमाडौं उपत्यकामा थप ९५७ जना संक्रमित थपिएका छन् । आज संक्रमण पुष्टि हुनेमा ४१५ महिला र ५४२ पुरुष रहेका छन् ।

आज काठमाडौंमा ७७३, भक्तपुरमा ५३ र ललितपुरमा १३१ जना नयाँ संक्रमित थपिएका हुन् ।देशभर आइतबार १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया