सरकारले सोध्यो चार ल्याबलाई २४ घण्टे स्पष्टीकरण

नेपालखोज २०७७ मंसिर ७ गते १७:१०

काठमाडौं । सरकारले कोरोना भाइरसको परीक्षण गरिरहेका उपत्यकाका चार ल्याबलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोनाको नमूना भण्डारण नगरेको भन्दै स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्यमबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको बताए।

उनले भदौ ३१ गतेको आइसीएसको निर्णयअनुसार कोरोना परीक्षण गर्न सबै ल्याबहरुलाई नेगेटिभको हकमा एक र पोजिटिभको हकमा तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय गरेको थियो। नेपालमा कोरोना रिपोर्ट नेगेटिभ आएका व्यक्ति विदेशमा पुगेपछि पोजिटिभ नतिजा आएपछि मन्त्रालयले यस्तो कदम चालेको हो।

प्रतिक्रिया