कतारमा रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने बाटो खुला

नेपालखोज २०७७ मंसिर ८ गते १४:४६

काठमाडाैं । कोरोना महामारीको उच्च जोखिमलाई मध्येनजर गर्दै अन्य मूलुकबाट नयाँ श्रम स्वीकृति रोकेको कतारले नेपाली श्रमिकलाई कतारमा रोजगारी गर्न जाने बाटो खुलाएको छ ।

कतार सरकारले सूचना निकालेर नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक लिनका लागि श्रम अनुमोदन गर्नसक्ने बताएसँगै नेपाली श्रमिकको कतार जाने बाटो खुलेको हो । कतार सरकारको सूचना आएसँगै कतारस्थित नेपाली दूतावासले पनि आइतबारदेखि नयाँ मागपत्र प्रमाणीकरणको काम थाल्ने जनाएको छ ।

कतारले गरेको पछिल्लो घोषणाअनुसार अब वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले माग ल्याएमा दूतावासले प्रमाणीकरण गर्ने कतारका लागि नेपाली दूतावासले जानकारी दिएको छ । कतारस्थित नेपाली दूतावासले नयाँ श्रमिकको माग प्रमाणीकरण गर्न थालेसँगै कतारमा ठूलो सङ्ख्यामा नेपाली श्रमिकका लागि रोजगारी खुल्नसक्ने बताएको छ ।

प्रतिक्रिया