बिहीबार, चैत १५, २०८०

अब नडराई लिनुहोस् डेजर्टको मज्जा

नेपालखोज २०७७ मंसिर ९ गते १२:३७

काठमाडौं । ज्योति ग्रुपले जिएफपिएल सँग साझेदारी गरी नेपालमा “द ब्रुकलेन क्रिमरी” लाई लन्च गरेको छ । यो एक कम क्यालोरी भएको रियल डेरी आइसक्रिम हो जसमा हरेक स्कुपमा मात्र ७५ क्यालोरी रहेको छ ।

सन् २००७ मा सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रा.लि. बाट खाद्य उद्योगमा ज्योति ग्रुपले उक्त कम्पनीमार्फत वर्षौंदेखि आइसक्रिमको व्यापारमा आफ्नो प्रभुत्व जमाउन सफल भएको छ । नेपालभर तिव्र गतिमा आफ्नो डिस्ट्रिब्यूसन च्यानल र अफिसहरु विस्तार गर्ने क्रममा रहेको यस ब्राण्डलाई अझ उचाईमा पु¥याउनको लागि हस्पिटालिटी र रिटेल क्षेत्रका दक्ष तथा समर्पित टीमको साथ रहेको छ ।

ज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योति, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ का साथै ज्योति ग्रुपका टीमको उपस्थितिमा यही मंसिर ७ गतेका दिन, काठमाडौंमा द बु्रकलेन क्रिमरीलाई लन्च गरिएको थियो । यसै लन्च इभेन्ट मार्फत भिगन आइसक्रिम, चकलेट बारस्, फ्रुट बारस् र आइसक्रिमहरुका विभिन्न प्रकारहरु लन्च गरिएको थियो । हालको समयमा द ब्रुकलेन आइसक्रिमहरु अनलाइनमार्फत बिक्री भइरहेको र आउँदो समयमा नेपालका विभिन्न आउटलेटहरुबाट यसको बिक्रीवितरण गरिनेछ । दुई साइजमा उपलब्ध यस आइसक्रिमको मूल्य रु. २२५ (१०० एमएल) र रु.७७५ (४५० एमएल) रहेको छ । तपाईंले +९७७९८०११५१५९५ मा कल गरी कम क्ल्यालोरी युक्त आइसक्रिम अर्डर गर्न सक्नुहुन्छ, कम्पनीले भनेको छ ।

प्रतिक्रिया