शुक्रबार, चैत १६, २०८०

बार्सिलोना, युभेन्ट्स, चेल्सी र सोभिया नकआउट चरणमा

नेपालखोज २०७७ मंसिर १० गते ११:२२

काठमाडाैं । युरोपेली च्यम्पियन्स लिगकाे अन्तर्गत मंगलबारकाे खेलमा बार्सिलाेना, युभेन्ट्स, चेल्सी र सोभियाले नकअाउट चरणकाे यात्रा तय गरेका छन् । यस्तै म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मन (पिएसजी) नकअाउट चरणका नजिक पुगेका छन् ।

समूह ‘ई’ काे खेल चेल्सीले रेनेसलाई २-१ र सोभियाले क्रसनाेडारलाई २-१ ले हरायो ।

दुवै विजयी टिम समान १० अंकमा छन् । समूह ‘जी’ मा लगातार चौथो जित दर्ता गर्ने क्रममा बार्सिलोनाले डायनामो किभलाई ४–० ले हरायो । मार्टिन ब्रेथवाइटले दुई गोल गरे । बार्सिलोनाले यस खेलमा लियोनल मेसीलाई आराम दिएको थियो ।

यस्तै अर्को खेलमा युभेन्ट्सले फेरेक्नभारोसलाई २–१ ले हरायो । उसका लागि क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले गोल गरे । बार्सिलोनाको १२ र युभेन्ट्सको ९ अंक भएको छ । समूह ‘एफ’ मा भने बोरुसिया डर्टमुन्डले क्लब ब्रुगलाई ३–० र लाजियोले सेन्ट पिटर्सबर्गलाई ३–१ ले पराजित गरे । समूह ‘एच’ मा म्यानचेस्टरले इस्तानबुल बासकसेरलाई ४–१ र पीएसजीले लाइपजिगलाई १–० ले हरायो ।

प्रतिक्रिया