बिहीबार, वैशाख १३, २०८१

बर्दिवासमा निषेधाज्ञा जारी

नेपालखोज २०७७ मंसिर १० गते १२:१०

महोत्तरी । महोत्तरीको बर्दिवासमा स्थानीय प्रशासनले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजे सम्मको लागि निषेधाज्ञा जारी गरेकाे छ।

६ वर्षीया बालिका गुलाब साह खातुनको हत्याकाे विरोधमा उत्रिएका महोत्तरी बर्दिबासका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा घाइते भएका एक जनाकाे मृत्यु भएपछि सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाे हाे।

प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालका अनुसार पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिममा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को पाटु र दक्षिणमा वार्ड नं ८ को क्वार्टर चोकमा निषेधाज्ञा जारी गरिएको छ।

निषेधाज्ञाको अवधिभर यस क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन पाइने छैन। निषेधाज्ञाकाे अवधिमा राजमार्ग भने सुचारू रहने प्रमुख जिल्ला अधिकारी कटुवालले बताएका छन्।

प्रतिक्रिया