शुक्रबार, चैत १६, २०८०

प्रभु बैंकद्धारा ई केवाईसी सञ्चालन

नेपालखोज २०७७ मंसिर १० गते १३:२१

काठमाडौं । प्रभु बैंक लिमिटेडले ई केवाईसी सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ई केवाईसी सेवा सञ्चालनमा ल्याएको हो ।

प्रभु बैंकमा खाता खोली कारोबार गरेका सम्पूर्ण ग्राहकहरुले बैंकको वेबसाईटमा लगनई गरी अनलाइनमार्फत केवाईसी अद्यावधिक गर्ने व्यवस्था मिलाईएको छ जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता पुर्णरुपमा हटेको छ ।

बैकले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा केवाईसी सम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ र यसबाट ग्राहकहरुले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउनु हुनेछ भन्ने बैंकले पूर्ण विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया