बिहीबार, पुष ३, २०८२

सुदूरपश्चिम प्रदेशको पहिलो चौमासिकको खर्च ६ प्रतिशतमा सिमित

नेपालखोज २०७७ मंसिर १० गते १६:४४

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ६ दशमलव २९ प्रतिशत खर्च गरेको छ । सरकारले कूल विनियोजित बजेटमा २ अर्ब ९ करोड ८६ लाख मात्र खर्च गर्न सकेको हो । चालू वर्षमा ३३ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको छ ।

कात्तिक मसान्तसम्म पुँजीगततर्फ ९९ करोड २८ लाख र चालूतर्फ १ अर्ब १० करोड ४७ लाख खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताएका छन् ।

मन्त्री बोहराले यस अवधिको खर्च गत आर्थिक वर्षको यसै अवधिको भन्दा बढि भएको बताए । ‘कोभिडको जटिल परिस्थितीमा पनि हामीले उत्साहजनक खर्च गर्न सकेका छौं’ उनले भने, ‘चालू चौमासिकमा ४० प्रतिशत हाराहारीमा खर्च पुर्‍याउँछौं ।’

प्रतिक्रिया