शनिबार, जेठ ३२, २०८२

नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि

नेपालखोज २०८० भदौ ७ गते ८:१२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बिहान ८ बजेबाट सुरु हुने बैठकमा बाँकी केन्द्रीय सदस्यले धारणा राख्नेछन् ।  हिजोको बैठकमा ८१ जनाले आ आफनो धारणा राखेको प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथी केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम नसकिए पछि बैठक आज पनि नियमित हुन लागेको हो । केन्द्रिय सदस्यहरुले राखेको धारणामा आजै अध्यक्ष नेपालले जवाफ दिएर बैठक समापन गरिँदै छ ।

प्रतिक्रिया