बिहीबार, जेठ ३, २०८१

सुनकाे भाउ घट्याे, चाँदीकाे स्थिर

नेपालखोज २०७९ वैशाख १३ गते ११:०७

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनकाे भाउ घटेकाे छ भने चाँदीकाे भाउ स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला ९ सय रूपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साेमबार १ लाख २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजावी सुनको मूल्य पनि ९ सय रूपैयाँले घटेकाे छ । आज तेजावी सुन ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । साेमबार तेजाबी सुन ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य आज स्थिर रहेकाे छ । आज चाँदी १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साेमबार चाँदी १३ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।

प्रतिक्रिया