शनिबार, वैशाख १५, २०८१

राष्ट्र बैंकद्धारा एक अर्ब ३२ करोड रुपैयाँको लगानी प्रस्ताव

नेपालखोज २०७७ मंसिर १० गते २०:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले लगानीको प्रस्ताव गरेको छ । राष्ट्र बैकले बुुधबार बाँणिज्य बैंक, बिकास बैक र फाईनान्स कम्पनीहरुमा तीन सय ६५ दिने मुुद्धती निक्षेपकोरुपमा एक अर्ब ३२ करोड रुपैयाँ बराबरको संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आव्हान गरेको हो ।

राष्ट्र बैंककाअनुसार रकम लगानीका बैंक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर १४ गते अपरान्ह तीन बजेसम्ममा आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत उल्लेख गरी प्रस्ताव पेस गर्नुुपर्ने छ । रकम लगानीको अवधि २०७७ पुस एक गतेदेखि २०७८ मंसिर २९ गतेसम्म रहने छ ।

रकम लगानीको लागि छुुट्याइएको कुुल रकम मध्येमा बाँणिज्य बैंकहरुको लागि एक अर्ब पाँच करोड ६० लाख, बिकास बैकहरुको लागि १९ करोड ८० लाख र फाईनान्स कम्पनीहरुको लागि छ करोड ६० लाख रुपैयाँ छुट्याएको छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा रहेको पाँच बर्ष पुरा भएको, निष्क्रिय कर्जा पाँच प्रतिसत भन्दा कम भएको हुुनुपर्ने लगायतका प्रांवधानहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया