शनिबार, वैशाख ८, २०८१

नेप्से २,१८३ अंकमा, सातामा १३ अर्ब १९ करोडको सेयर किनबेच

नेपालखोज २०७९ माघ १३ गते ११:३७


काठमाडौ । यो साता नेप्से २१ सय एक सय ८३ दशमलव २१ अंकमा सिमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय १३ दशमलव १४ अंकमा सिमित भएको छ ।

सातामा दुुई सय ६१ वटा कम्पनीहरुको दुई लाख १९ हजार नौं सय ४० पटकको कारोबारमा तीन करोड ६३ लाख ५६ हजार सात सय ८६ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार कुल कारोबार रकम १३ अर्ब १९ करोड ३८ लाख ३० हजार एक सय ९० रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा बढी हो ।

गत साता नेप्सेमा दुुई सय ५० वटा कम्पनीहरुको एक लाख ९१ हजार सात सय ३२ पटकको कारोबारमा तीन करोड ३४ लाख ३५ हजार ७३ कित्ता शेयर किनबेच भएका थिए । सोही किनबेचका आधारमा गत साता कुल कारोबार रकम ११ अर्ब ६९ करोड ८० लाख ३८ हजार पाँच सय २० रुपैंयाँ पुगेको थियो । यो साता नेप्से चार दिन मात्र खुलेको थियो । ति मध्ये पहिलो दिन बन्द रहेको नेप्से दोस्रो र पाँचौं दिन घटेपनि तेस्रो र चौंथो दिन भने बढेको थियो ।

जसमध्ये दोस्रो दिन १३ दशमलव ७१ अंकले घटेर २१ सय ६५ दशमलव १० अंकमा सिमित भएको नेप्से अन्तिम कारोबार दिन शुन्य दशमलव ४१ अंकले घटेर २१ सय ८३ दशमलव २१ अंकमा खुम्चिएको थियो । यसैगरी दोस्रो दिन दुई दशमलव शुन्य पाँच अंकले घटेर चार सय १३ दशमलव शुन्य एक अंकमा झरेको सेन्सिटिभ इन्डेक्स पाँचौं दिन पनि एक दशमलव १० अंकले घटेर चार सय १३ दशमलव १४ अंकमा सिमित हुन पुगेको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा नेशनल हाईड्रो पावर कम्पनी, रिडी हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट, नेपाल टेलिकम आदि परेका छन् । सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, शिवम सिमेन्ट आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।

प्रतिक्रिया