बिहीबार, चैत १५, २०८०

बिहीबारका दिन बंगलामुखी देवीको पुजा आराधना गर्नुहोस् परिवारमा फलिफाप हुनेछ

नेपालखोज २०७७ मंसिर ११ गते ६:४४

तन्त्रशास्त्र अनुसार दस महाविद्या मध्ये बंगलामुखी पनि एक हो। बृहस्पतीको स्वामी भएको हुनाले, बृहस्पतीको ग्रह पिडा पाउने उद्देश्यले बिहिबार दिन बंगलामुखीको दर्शन गर्ने गरिन्छ। बिहीबार विशेष भीड हुने बंगलामुखीको दर्शनबाट मनोकाङ्क्षा सिद्धि हुने विश्वास गरिन्छ । बंगलामुखी देवीलाई पीताम्बरी पनि भन्ने गरिन्छ, जसको अर्थ भगवान विष्णु हो ।

त्यसकारण माता बंगलामुखीलाई श्री भगवान हरसकै शक्तिको रूपमा पूजा गर्ने गरिन्छ। जब समस्त ब्रह्माण्ड ध्वस्त गर्ने शक्तिशाली आधी आयो, त्यसको प्रभाव कम गर्न भगवान विष्णु सौराष्ट देशको हरीद्रा भन्ने तालमा मंगलबारको चतुरदशी तिथिको दिन आराधना गर्दा मध्यरातमा देवी बंगलामुखीको उत्पत्ती भएको मानिन्छ।

बंगालमुखीलाई बम्हास्त्र पनि भनिन्छ। शत्रुलाई संहार गर्नको लागि बंगलामुखीको आराधनावाट सिघ्रफल प्राप्त हुन्छ भन्ने विश्वास रहेको पाइन्छ । बंगलामुखी माता दक्षिण दिशा तर्फ विराजमान रहेको छ । तन्त्र साधना गने, शत्रुलाई भमित पार्ने, अकाल मृत्युबाट बचाउने लगायत कली युगमा विशेष बंगलामुखीको पूजा हुने भनेर शास्त्रमा उल्लेख छ।

देवीको उपसना गर्दा पँहेलो फूल, पँहेलो कपडा, पँहेलो चन्दन सुन, जौ आदिको प्रयोग गरिन्छ। धेरै ठाउँहरूमा बंगलामुखीको अस्त्र तलबार भन्ने भनिएता पनि बंगलामुखीको वास्तविक हतियार मुग्रो वा सानो गदा नै हो । जो व्यक्तिले कुलपुजा एवं पितृकार्यहरू सम्पादित गर्न सक्दैन्न उनीहरूले बंगलामुखीको आराधना गर्नु पर्दछ ।

प्रतिक्रिया