बुधबार, जेठ २, २०८१

पशुपतिमा सकस : १० घण्टा लाइन बस्दा पनि पालो आएन (भिडियो रिपोर्टसहित)

केशव भट्टराई/रुपेश चौलागाईं २०७८ फागुन १७ गते १५:५८

काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा मंगलबार देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्यो । यस्तै राजधानी काठमाडौंको पशुपति मन्दिरमा पनि दर्शनार्थीले १० घण्टासम्म लाइनमा उभिएर दर्शन गरेका छन् ।

भक्तजनहरू काठमाडौंको चुच्चेपाटी र एयरपोर्टबाट विहान ४ वजेदेखि पशुपति दर्शन गर्न लाइनमा बसे । तर मध्याह्न १२ वजेसम्म पनि दर्शन गर्ने पालो नपाएको उनीहरूको गुनासो छ । पानी पनि नखाई घण्टौं ला्इनमा बसेकाहरूले पशुपतिमा दर्शन गर्नका लागि सरकारले सहज वातावरण बनाउन नसकेको गुनासो गरेका छन् ।

बीच लाइनमा अर्को व्यक्ति छिर्दा घण्टौंदेखि लाइनमा उभिएकाहरूलाई सहज किसिमले दर्शन गर्न समयस्या भएको छ । पशुपति मन्दिर परिसरभित्र स्वयंसेवकको व्यवस्था गरिए पनि परिसर बाहिर धेरै कम संख्यामा छन् । लाखौं भक्तजनको भिडले चावहिल, गौसाला, मित्रपार्क, चुच्चेपाटी, तिलगंगा क्षेत्रमा गाडी जाम भएको छ ।

पशुपति क्षेत्रलाई बेहुलीझैं सिंगारेर आकर्षक बनाइएको छ । गत वर्षभन्दा तामझाम छ । स्वास्थ्य उपचार, पानी, भोजनलगायतको व्यवस्था गरिएको छ । सुरक्षा व्यवस्था पनि राम्रो छ । तर दर्शनार्थीका लागि भने असहज भएको भारतका तीर्थयात्रीले पनि गुनासो गरेका छन् ।

प्रतिक्रिया