शुक्रबार, जेठ ४, २०८१

बेलायतकाे औपचारिक प्रधानमन्त्रीमा ऋषि सुनक

नेपालखोज २०७९ कार्तिक ८ गते १८:०६

काठमाडाैं । ऋषि सुनकले राजा चार्ल्सलाई बकिङ्घम दरबारमा भेटेसँगै उनी औपचारिक रूपमा बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् । 

राजाले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक त्यहाँको ५७औँ प्रधानमन्त्री बनेका हुन् । उनी यूकेका पहिलो ब्रिटिश-एशियाली प्रधानमन्त्री हुन् । उनी यस वर्ष त्यहाँ बनेका तेस्रो प्रधानमन्त्री हुन् । 

दुई शताब्दीको अवधिमा ४२ वर्षीय उनी सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा डाउनिङ स्ट्रीट प्रवेश गरेका छन् । बीबीसी

प्रतिक्रिया