२४ घण्टामा थप २३ कोरोना संक्रमितको मृत्यु
नेपालखोज
२०७७ मंसिर १२ गते १६:५२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको छ ।
सोही अवधीमा १ हजार ७०३ कोरोना संक्रमित थपिएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ४७३ रहेको छ ।
सम्बन्धित








प्रतिक्रिया