शनिबार, वैशाख ८, २०८१

भारतमाथि अष्ट्रेलियाको सानदार जित

नेपालखोज २०७७ मंसिर १२ गते २०:१९

एजेन्सी । घरेलु टोली अष्ट्रेलियाले तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा पाहुना टोली भारतलाई ६६ रनले पराजित गरेको छ ।

शुक्रबार भएको खेलमा अष्ट्रेलियाले दिएको ३ सय ७५ रनको विशाल योगफललाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभर पुरै खेलेपनि ८ विकेट गुमाएर ३ सय ८ रनमा सिमित हुन् पुगेपछि नतिजा अष्ट्रेलियाले आफ्नो नाममा लेखाउन सफल भयो । भारतका लागि हार्दिक पाण्डेयाले सर्वाधिक ९० रनको पारी खेले । ७६ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा ७ चौका र ४ चौकासमेत प्रहार गरे ।

त्यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान शिखर धवनले ७४ रन ,मंयाक अग्रवालले २२ रन,कप्तान विराट कोहलीले २१ रन, रविन्द्र जडेजाले २५ तथा नभदिप शैनीले २९ रन बनाएका थिए । बलिङतर्फ अष्ट्रेलियाका लागि जाम्पाले ४ तथा जोस हेजलवुडले ३ र मिशेल स्टार्कले १ विकेट लिएका थिए ।

त्यसअघि सिड्नी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले निर्धारित ५० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर ३ सय ७४ रन बनाएको थियो । अष्ट्रेलियाले विशाल योगफल खडा गर्ने क्रममा टिमले सुरुवात देखिनै राम्रो प्रदर्शन गरेको थियो । जसअन्तर्गत उसका लागि ओपनरद्वय वार्नर र आरोन फिन्चले १ सय ५६ रनको ओपनिङ साझेदारी गरेका थिए ।

टिमलाई सानदार सुरुवात दिलाउने क्रममा वार्नर ब्यक्तिगत ६९ रन बनाएर मोहम्मद शामीको बलमा आउट हुन् पुगेका थिए । ७६ बलको सामना गरेका उनले ६ चौकासहित उक्त रन बनाएका थिए । वार्नर पभेलियन फर्किएपछि कप्तान फिन्चलाई साथ दिन अर्का अनुभवी ब्याट्सम्यान स्टिभ स्मिथ मैदानमा प्रवेश गरेका थिए । जसमा स्टिभले पनि आरोनलाई राम्रो साथ दिए । त्यसको फलस्वरूप अष्ट्रेलियाले दोस्रो विकेटका लागि १ सय ८ रनको साझेदारी
पाएको थियो ।

३९।६ ओभरमा टिमको स्कोर २ सय ६४ रन हुँदा दोस्रो विकेटका रुपमा आउट हुन् पुगेका फिन्चले शतकीय पारी खेल्न सफल भए । १ सय २४ बलको सामना गरेका उनले जसप्रित बुमराहको बलमा क्याच आउट हुनुअघि ९ चौका र २ छ्क्कासहित १ सय १४ रन बनाए । यो उनको करियरको एकदिवसीयमा १७ औं शतक पनि हो ।

फिन्च आउट भएपछि स्मिथले पनि राम्रो ब्याटिङ गर्दै शतक पूरा गरे । आफ्नो करियरको दशौं शतक प्रहार गर्ने क्रममा उनले ६६ बलको सामना गर्दै ११ चौका र ४ छ्क्कासहित १ सय ५ रन बनाए ।

त्यस्तै यी तीन बाहेक आक्रमक शैलीमा ब्याटिङ गरेका ग्लेन म्याक्सवेलले मात्र १९ बलको सामना गर्दै ५ चौका र ३ छ्क्कासहित ४५ रन बनाए भने मार्नस लाबुसन २ रनमा आउट हुँदा एलेक्स क्यारीले र प्याट कमिन्सले अविजित रहदै क्रमशः १७ र १ रन बनाएका थिए । बलिङतर्फ भारतका मोहम्मद शामीले ३ तथा जसप्रित बुमराह ,नभदिप शैनी र युजभेन्द्र चहलले समान १र१ विकेट लिएका थिए । अब सिरिज अन्तर्गत दोस्रो एकदिवसीय खेल आईतबार हुनेछ ।

प्रतिक्रिया