सङ्घीय मन्त्रालयद्वारा भाषिक शुद्धता कायम गर्न मातहतका निकायलाई आग्रह

नेपालखोज २०७७ मंसिर १३ गते १२:२८

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भाषिक शुद्धता कायम गर्न मातहतका निकायलाई आग्रह गरेको छ । शाखाहरुबाट गरिने महत्वपूर्ण निर्णय एवं परिपत्रहरु मन्त्रालयको वेबसाइटमा राख्न पत्राचार गर्दा भाषिक शुद्धतालाई विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको हो ।

भाषिक शुद्धताको जाँच गर्दा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित वृहत शब्दकोष प्रयोग गर्न पनि भनिएको छ । मन्त्रालयले प्रयोगमा आइरहने शब्द कस्तो लेख्दा शुद्ध हुने र कस्तो लेख्दा अशुद्ध हुने भनेर समेत उल्लेख गरेको छ । 

प्रतिक्रिया