मंगलबार, वैशाख १८, २०८१

सहिद स्मारकमा आज आठौं चरणको अन्तिम खेल

नेपालखोज २०७८ पुष २६ गते १०:००

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज आठौँ चरणको अन्तिम खेल हुँदैछ । दशरथ रंगशालामा हुने खेलमा नेपाल पुलिस र ब्रिगेड ब्याइज क्लब प्रतिस्पर्धा गर्दैछन् । नेपाल पुलिस ६ अंकसहित ११औँ स्थानमा छ । पुलिसले सात खेलमध्ये एकमा जित र तीन खेलमा बराबरी खेलेको छ । यस्तै अंकतालिकामा ब्रिगेड पाँच अंकसहित १२औँ स्थानमा छ । ब्रिगेडले सात खेलमा प्रतिस्पर्धा गरेकामा एकमा जित र दुई खेलमा बराबरी खेलेको थियो ।

प्रतिक्रिया