शुक्रबार, पुष ४, २०८२

चिनियाँ रक्षामन्त्री काठमाडौं आइपुगे

नेपालखोज २०७७ मंसिर १४ गते १२:१३

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगेका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनी भ्रमण सकेर आइतबार नै स्वदेश फर्किने कार्यक्रम छ।उनले नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्नेछन्।

उनी नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाठका अवसरमा नेपाल आएका हुन् । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रींगलाले दुई दिवसीय भ्रमण सकेर फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षमन्त्रीको यो भ्रमणलाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया