जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
नेपालखोज
२०७७ मंसिर १४ गते १५:४१

भक्तपुर । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा भिमेश्वर नगरपालिका-७ माने घर भई भक्तपुर दुवाकोट बस्ने २० वर्षीय श्याम कृष्ण केसीलाई प्रहरीले पक्राउ गरेको छ ।
श्यामले ती बालिकालाई गत साउन १८ गते जबरजस्ती करणी गरेको भन्ने खबर शनिबार दिउँसो प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया