कञ्चनपुरमा नक्कली नोटसहित एक जना पक्राउ
नेपालखोज
२०७७ मंसिर १४ गते १५:४९

कञ्चनपुर । कञ्चनपुरमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । भिमदत्त नगरपालिका १८ बस्ने २४ वर्षीय दिपक नाथलाई १ हजार दरको ३ वटा नक्कली जस्तो देखिने नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
दिपकले भिमदत्त नगरपालिका-४ स्थित एक पसलबाट सामान किनी पैसा दिने क्रममा नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया