मंगलबार, वैशाख ११, २०८१

चेल्सी र टोटनह्याम बराबरी, युनाईटेडको जीत

नेपालखोज २०७७ मंसिर १५ गते १०:५९

एजेन्सी । इग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको टोटनह्याम हट्सपर र तेस्रो स्थानको चेल्सीले गोलरहित बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको लण्डन डर्बी बराबरीमा सकिएपछि चेल्सीले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।

१० खेलबाट २१ अंक जोडेको टोटनह्याम शीर्ष स्थानमा छ । त्यत्ति नै अंक जोडेको लिभरपुल गोलअन्तरले दोस्रो स्थानमा छ । १९ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ । एक खेल कम खेलेको लेस्टर सिटीको १८ अंकसहित चौथो स्थानमा छ ।प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले साउथह्यनाम्पटनलाई ३–२ ले हराउँदा आर्सनललाई वुल्भरह्याम्पटन वान्डरर्सले २–१ ले पराजित गरेको छ ।

प्रिमियर लिग फुटबलमा आज लेष्टर सिटी र फुल्हम भिड्दैछन् । आजको खेल जितेको खण्डमा लेष्टर सिटीले तालिकाको शिर्ष स्थानमा रहेको टोटनह्याम तथा दोस्रो स्थानको लिभरपुलसँग अंक बराबरी गर्नेछ ।

प्रतिक्रिया