शनिबार, वैशाख १५, २०८१

चोरीको नाटक गर्ने घरबेटी पक्राउ

नेपालखोज २०७७ मंसिर १५ गते १३:४२

ललितपुर । चोरीको नाटक गरी प्रहरीलाई अनावश्यक हैरानी दिने पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले चोरी भयो भनि झुठा अफवाह फैलाउने घर धनी कान्छी पोडेलाई पक्राउ गरेको हो ।

प्रहरी परिसर ललितपुरका प्रहरी उपरिक्षक एवं प्रवक्ता प्रज्वल मर्हजनका अनुसार यही मंसिर १४ गते आईतबार अन्दाजी दुुई बजेको समयमा ललितपुर जिल्ला महालक्ष्मी न. पा. वडा नं.१ स्थित सानु कान्छा पोडेको घरमा २६ लाख रुपैयाँ नगद, २ तोलाको सुनको सिक्री १ थान, १ तोला सुनको सिक्री १ थान, २ तोलाको हातमा लगाउने बाला १ थान, कानमा लगाउने झुम्का आधा तोलाका १ जोर, ५ तोलाको चाँदीको पाउजु १ जोर र २० तोलाको चाँदीको मन्दिर समेत चोरी भएको भनि वृत्त सातदोबाटोमा मौखिक जानकारी प्राप्त भएको थियो ।

सो पश्चात तत्काल वृत्त सातदोबाटोबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा प्रहरी टोली खटी गई घटनास्थलमा पुगी घटना स्थल हेर्दा ढोका फोडिईएको, दराज फोडिईएको, सामानहरु छरपष्ट अवस्थामा रहेको देखियो प्रवक्ता मर्हजनले भने । उक्त चोरी भएको घटना बारेमा सुक्ष्म रुपमा अनुसन्धान गर्दा घटनास्थल चोरी भएकै जस्तो देखिने गरी घटनास्थल रहेकोमा, शंका लागि सोही घर खान तलासी गर्दा चोरी भएको भनिएको उल्लेखित नगद तथा गर गहना सहितका सामानहरु घरकै माथील्लो तल्लामा रहेको पुजा कोठामा घर धनी सानु कान्छा पोडेको श्रीमती कान्छी पोडेले उक्त पुजा कोठामा रहेको स्टिलको दराजको सेफ भित्र लुकाएको अवस्थामा प्रहरी टोलीले फेला पारेको थियो ।

सो पश्चात उक्त चोरी भयो भनि झुठा अफवाह फैलाउने घर धनी कान्छी पोडेलाई पक्राउ गरी उक्त घटना सम्बन्धमा थप अनुसन्धान तथा कारबाही भई रहेको प्रवक्त महर्जनले बताएका छन ।

प्रतिक्रिया