शुक्रबार, वैशाख १४, २०८१

हल्ला र अनुमानका पछाडि नलाग्न धितोपत्र बोर्डको आग्रह्र

नेपालखोज २०७७ मंसिर १५ गते २०:०९

काठमाडौ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानका पछाडि नलाग्न आग्रह गरेको छ । पछिल्लो समय लगातार बजार परिसुचक एवं कारोवार रकम दुुबै रेर्कड कायम गरिरहेको अवस्थामा बोर्डका प्रवक्ता निरज गिरीले आज सोमबार बिज्ञप्ती जारी गर्दे यस्तो आग्रह गरेका हुुन ।

मुलुकको अर्थतन्त्रको विकासमा पूँजीबजारको महत्वपूर्ण भूमिका रहने सन्दर्भमा बोर्डले पूँजीबजारको विकास र बिस्तार गर्दै यसको सूक्ष्मरूपमा अनुगमन तथा सुपरिवेक्षण गरिरहेको जानकारी समेत दिएको छ । बोर्डले धितोपत्रको दोस्रो बजारको स्वरुप र गतिविधिलाई निरन्तररूपमा अनुगमन गरिरहेको र धितोपत्र वजारको नियमन गर्ने निकायकोरुपमा लगानीकर्ताहरुलाई बजारको विविध पक्षका बारेमा समय समयमा प्रेस विज्ञप्ती, प्रकाशन, वेभसाइट तथा विभिन्न सञ्चारमाध्यम मार्फत समसायिक बिषयमा जानकारी गराउँदै आएको छ ।

बोर्डले गरेको सुधारका कार्यहरुबाट धितोपत्रको प्राथमिक बजारमा आठ लाखभन्दा बढी लगानीकर्ताका २१ लाख ८० हजार डिम्याट खाताको रहेको छ । यो कुल जनसंख्याको करिव सात दसमलव २५ प्रतिशत हो । नेप्सेको अनलाइन कारोवार प्रणालीबाट ८५ प्रतिशतभन्दा बढी कारोवार हुने गरेकाले धितोपत्र बजारमा पछिल्लो समय लगानीकर्ताको सहभागितामा उल्लेख्य बृद्धि भएको बोर्डले बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।

पछिल्ला केहिदिनमा दोस्रो बजारमा कारोवार रकम र नेप्से सूचक हालसम्मको उच्च अंकमा रहन गएको छ । जुन समग्र पूँजीबजारका लागि खुसीको कुरा हो । यद्यपी लगानीकर्ताहरुले पूँजी बजारका केही स्थापित मूल्य र मान्यता अनुरुप सूचीकृत संगठित संस्थाको वित्तीय अवस्था, ती संस्थाहरुको आधारभूत तथा प्राविधिक पक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचक लगायतका विवरणहरुको विश्लेषण गरी लगानी सम्बन्धी निर्णय लिनु लगानीकर्ताको हितमा हुनेछ, बोर्डले भनेको छ ।

सोही आधारमा धितोपत्रबजारमा लगानी गर्दा हल्ला र अनुमानका पछाडि नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत संगठित संस्थाहरूको वित्तीय स्थितिको विश्लेषण, संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमता तथा आफनो लगानीको सुरक्षा आदि समेतलाई दृष्टिगत गरी सजग भई सुझबुझ रूपमा लगानी गर्न पनि बोर्डले आग्रह गरेको छ ।

प्रतिक्रिया