शनिबार, जेठ ५, २०८१

नेप्सेमा पूरै हरियाली : २१ अंकले बढ्दा ९२ करोड २५ लाखको सेयर किनबेच

नेपालखोज २०७९ भदौ २८ गते १६:१२

काठमाडौं । नेप्सेमा पूरै हरियाली देखिएको छ । अघिल्लो दिन १३ दशमलव ५४ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज (मंगलबार) भने २१ दशमलव तीन अंकले बढेर १९ सय ३४ दशमलव चार अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८३ अंकले बढेर तीन सय ७६ दशमलव १७ अंकमा चढेको छ ।

दुई सय ३१ वटा कम्पनीहरुको २० हजार पाँच सय २० पटकको कारोबारमा ३१ लाख ४६ हजार नौं सय ९६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ९२ करोड २५ लाख ७४ हजार चार सय १० रुपैंयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ ।

सो मध्ये वाणिज्य बैंक समूहको सुचक १० दशमलव ९१ अंकले बढेर १३ सय १३ दशमलव ३२ अंकमा चढेको छ भने विकास बैंक समूहको सुचक पनि ६० दशमलव तीन अंकले बढेर तीन हजार चार सय ८३ दशमलव ६ अंकमा चढेको छ ।

जलविद्युत समूहको सुचक पनि २० दशमलव ७८ अंकले बढेर २१ सय ७० दशमलव ७२ अंकमा चढेकोमा निर्जिवन बिमा समूहको सुचक पनि ५८ दशमलव ७७ अंकले बढेर सात हजार आठ सय ७४ दशमलव ४९ अंकमा चढेको छ । जीवन बिमा समूहको सुचक पनि ९६ दशमलव २२ अंकले बढेर नौ हजार एक सय ७६ दशमलव ७१ अंकमा चढेकोमा फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बोटर्लस नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर २१ सय ३६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा नेपाल बैंक ऋणपत्रको प्रतियुनिट सेयर मूल्य नौ दशमलव ५९ प्रतिशतले घटेर नौ सय २२ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज नबिल बैंकको प्रतिकित्ता सात सय ७० रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ९४ लाख ८९ हजार दुई सय ४७ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया