कृषि तथा पशुपन्छी बीमा निर्देशिका २०७७ कार्यान्वयनमा

काठमाडौ । परिमार्जित कृषि तथा पशुपन्छी बीमा निर्देशिका २०७७ कार्यान्वयनमा आएको छ । बीमा समितीले सोमबार निर्देशिका जारी गर्दे सोही दिन देखि निर्देशिका कार्यान्वयनमा ल्याईएको जानकारी दिएको छ ।
बाली तथा पशुन्छी बीमा निर्देशिका २०६९ लाई परिमार्जन गरी कृषि तथा पशुपन्छी बीमा निर्देशिका २०७७ जारी गरिएको हो । कृषि तथा पशुपन्छी क्षेत्रमा हुने जोखिमलाई बीमाको माध्यमबाट न्युनीकरण गरी बीमा प्रवर्धन गर्न वान्छनीय भएकोले बीमा ऐन २०४९ को दफा ८ (घ२) ले दिएको अधिकार प्रयोग गरी परिमार्जित निर्देशिका जारी गरिएको समितीले जानाएको छ । निर्देशिका अनुसार बीमाको क्षेत्र बनस्पती बीमा र जीवजन्तु बीमा रहेको छ ।

बीमकले कृषि तथा पशुपंक्षी बीमा व्यवसाय गर्दा अनुदान प्राप्त नहुने बीमाको हकमा पुरै रकम र अनुदान प्राप्त हुुने बीमाको हकमा अनुुदानबाट प्राप्त हुुने रकम बाहेक बाँकी रकम प्राप्त गरेपश्चात मात्र बीमालेख जारी गर्नुुपर्ने छ ।

प्रतिक्रिया