बुधबार, वैशाख १२, २०८१

लक्ष्मी हुण्डाईद्वारा क्लिक टु वाई सेवाको सुरुवात

नेपालखोज २०७७ मंसिर १६ गते १६:१०

काठमाडौं । नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.(लक्ष्मी हुण्डार्ई) ले हाल कोविड–१९ को बद्लीदों परिस्थितीलाई सहज बनाउनको लागि सानो प्रयासस्वरुप आफ्नो ग्राहकहरुका लागि एक नौलो विक्री माध्यमको विकास गरेको छ ।

कम्पनीकाअनुसार उक्त माध्यममार्फत ग्राहकहरुले सम्पर्क विहिन वा सिमित सम्पर्कमा सजिलै अनलाइनबाट आफुलाई चाहिएको हुण्डाई गाडी खरिद गर्न सक्ने छन् । लक्ष्मी हुण्डाईले हाल कोविड–१९ को सावधानी स्वरुप सामाजिक दुरी कायम राख्दै आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा नौलो सुविधा प्रदान गर्नको लागि आफ्नो आधिकारीक वेबसाईटबाट क्लिक टुु वाई सेवाको सुरुवात गरेको छ ।

ग्राहकहरुका लागि गाडी खरिदको प्रक्रिया सहज बनाउनको लागि, यस प्रणाली मार्फत ग्राहकहरुले आफुलाई चाहिएको गाडी सजिलै खोजेर छनौट गरी त्यस गाडीको विभिन्न विशेषताहरु, मुल्य, छुट तथा अन्य विभिन्न फाईदाहरुको साथै आफुलाई चाहिएको गाडीको उपलब्ध रहेका विभिन्न रंगहरुको छनौट गरी खरिद गर्न सक्नेछन् ।

ग्राहकहरुले उपलब्ध रहेको गाडीको जानकारी र अफरहरुबाट सन्तुष्ट भएपछी गाडी खरिदका लागि अनलाइनबाट कोटेशन जारी गर्नका साथै क्लिक टुु वाई पोर्टलमा प्रदान गरिएको भुक्तानी गेटवेमार्फत सजिलै आफुलाई चाहिएको गाडी बुक गर्न सक्ने छन् ।

यसका साथै आवश्यकता परेमा बैंक फाइनान्सको पनि प्रक्रिया अनलाइनमार्फत गर्न सक्ने छन् अथवा अनलाइन ट्रान्सफर वा चेकमार्फत डिलरशिपलाई बाँकी रकम तिरेर उनीहरूको उपयुक्त स्थानमा गाडीको डेलिभरी लिन सक्ने छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले, यदी ग्राहकहरुले हुण्डाई क्लिक टुु वाई प्रयोग गरी हुण्डाई गाडी खरिद गरेमा १०००० रुपैयाँको सर्भिस भौचर प्रदान गर्ने छन् । ग्राहकहरुले यस सर्भिस भौचर हुण्डाईका नेपाल भरी रहेका कुनैपनि क्षेत्रीय बिक्री सेवा नेटवर्कबाट स्पेयर पार्टस् र ल्युबरीकेन्टस्को खरिदमा प्रयोग गर्न सक्ने छन् ।

ग्राहकहरुलाई यो सर्भिस भौचरको मान्यता गाडी डेलिभरी गरेको मितीबाट १ वर्षसम्म रहनेछ । हुण्डाईका गाडीहरु सधैं नेपाली ग्राहकहरुको छनौटमा पर्न सफल हुँदैं आएको छ ।

प्रतिक्रिया