सोमबार, वैशाख १७, २०८१

गायिका र नायिकालाई मोर्डन कन्या कलेजको सम्मान

नेपालखोज २०७८ चैत २१ गते १८:१६

काठमाडाैं । मोर्डन कन्या मल्टिपल कलेज बानेश्वरले गायिका टीका सानु र नायिका सुरक्षा पन्तलाई सम्मान गरेको छ । कलेजमा आयोजना गरिएको एक कार्यक्रमबीच उनीहरुलाई सम्मान गरिएको हो ।

टीकाले गायन क्षेत्र र सुरक्षाले अभिनय क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरुप सम्मान गरिएको कलेज प्रमुख सविन पोखरेलले जानकारी दिए । दुईसत्रमा आयोजना गरिएको कार्यक्रममा प्रा. डा. योगेन्द्रप्रसाद यादव र आर्किटेक्ट इन्जिनियर मधुरा खड्काले शिक्षा र महिला शिक्षाको विकासको बारेमा चर्चा गरेका थिए ।

साँकृतिक कार्यक्रममा २४ जना छात्राले नृत्यहरु प्रस्तुत गरेका थिए । अतिथि गायिकारुपमा टीका सानु, अन्जु केसी , रितु कडेलले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा अन्जु कार्कीले हजुरआमाको अक्षयकोष खडा गर्न कलेजका अध्यक्ष प्रा. डा. रामप्रसाद दाहाललाई चेक हस्तान्त्रण गरेकी थिइन् ।

इन्जिनियर मधुरा खड्काले सोभाग्यजन कार्की फाउन्डेसनमार्फत प्रत्येक वर्ष मोडर्न कन्याका एकजना छात्रालाई ५ हजार रुपैयाँ नगद प्रदान गर्न चेक हस्तान्तरण गरिन् । उनले दिएको चेक कलेजमा राखिएको र कलेजमा आयोजना हुने अर्को कार्यक्रममा कलेजकी एक मेहेनती विधार्थीलाई प्रदान गरिने बताइएको छ ।

मोर्डनकन्या मल्टिपल कलेजले स्नातक तह उतिर्ण गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण कार्यक्रम गरि विदाइ समेत गरेको छ । साथै नयाँ भर्ना हुन आउने विद्यार्थीहरुलाई स्वागत गरेको हो । कलेजले बीबीएस र मानविकी शास्त्रमा स्नातकतह पास गरेका विद्यार्थीहरुलाई विदाइ गर्‍यो । गत वर्ष कोरोना कहरका कारण नव आगन्तुक कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई यसै कार्यक्रममा दोसल्ला ओडाएर स्वागत गर्‍यो ।

कायक्रममा प्रमुख अतिथी नेपाल प्रज्ञा पतिष्ठानका प्राज्ञ परिषद्का सदस्य प्रा. डा. भाषाविद् योगेन्द्रप्रसाद यादव थिए । पुरस्कार वितरण कार्यक्रममा मोर्डन कन्या मल्टीपल कलेजका अध्यक्ष दहालले भने, ‘जसले स्नातक उतिर्ण गरेर जन्छ, उसले राष्ट्रको लागि हित हुने काम गर्न र एक असल इमान्दार नागरिक भएर, स्वावलम्बी रहेर आफ्नो पहिचान बनाउन विद्यार्थीहरुलाई आग्रह गरे, साथै राष्टको सेवा गर्न एक महिला शिक्षित हुनु नै एक घर परिवार शिक्षित हुनु हो ।’

प्रा. डा‍. योगेन्द्रप्रसाद यादवले मानवको इतिहास नै शिक्षाबाट सुरु भएको र जिवनका विभिन्न कालखण्डमा शिक्षाले आमुल परिवर्तन गर्दै आएको भन्दै मोर्डन कन्या कलेज अहिले नमुना कलेजको रुपमा स्थापित भएको बताए । सुरक्षा पन्तले महिला उत्थानको लागि कलेज सधै तत्पर रहेको बताउँदै नारी शशक्तिकरणबारे चर्चा गरेकि थिइन् ।

प्रतिक्रिया