बिहीबार, वैशाख १३, २०८१

प्रधान सेनापति थापाद्वारा हुम्लास्थित नयाँ भैरवीदल गुल्मको निरीक्षण

नेपालखोज २०७७ मंसिर १६ गते २१:००

काठमाडौं । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले हुम्ला स्थित नयां भैरवीदल गुल्म, कालिकोटस्थित रणशुर गुल्म, सुर्खेतस्थित पश्चिम एयर वेश र उत्तर पश्चिम पृतना हे.क्वाको निरीक्षण भ्रमण गरेका छन् ।

प्रधान सेनापती थापाले आज उक्त क्षेत्रहरुको भ्रमण गरेका हुन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त गुल्म, एयर वेश र पृतना हे.क्वाको स्थलगत निरिक्षण, बस्तुस्थिति, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकल दर्जालाई सम्बोधन गरेका थिए ।

साथै प्रधान सेनापति थापाले यही मंसिर १७ र १८ गते सुदुरपश्चिम पृतना हे.क्वालगायत अन्य युनिटहरुकोसमेत निरीक्षण गर्ने कार्यक्रम रहेको सेनाले जानकारी दिएको छ ।

प्रतिक्रिया