वैदेशिक रोजगारी बीमा र कल्याणकारी कोषको रकम इ-सेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले कल्याणकारी कोष र बीमाको रकम इसेवादेखि भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएको छ ।
योसँगै वैदेशिक रोजगारमा जाँदा इ–सेवा खाता भएका व्यक्तिले सिधै इ-सेवाबाट भुक्तानी गर्न सक्ने छन् भने इ-सेवा खाता नभएका व्यक्तिले नजिकै रहेका इ-सेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सक्नेछन् । सन नेपाल लाइफ इन्स्योरेन्स्ले जारी गर्ने वैदेशिकक रोजगार म्यादी बीमाको इ-सेवा मार्फत भुक्तानी गर्न सकिन्छ ।
त्यस्तै कल्याणकारी कोषको रकम व्यक्तिगत र संस्थागत दुबै किसिमको भुक्तानी गर्न सकिन्छ । आफैले वा आफ्नो साथीभाईको मद्दतबाट रोजगारको अवसर खोजी श्रम स्विकृती लिने प्रक्रियामा भएका व्यक्तिले इ-सेवाबाट व्यक्तिगत रुपमा कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ ।
त्यसैगरी पहिले रोजगारका लागि विदेश गईसकेको र पुनः सोही ठाउँमा जान भिसा नविकरण गर्ने व्यक्तिले पनि व्यक्तिगत रुपमा अनलाईन फारम भरी इ-सेवाबाट कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ ।
त्यस्तै म्यानपावरमार्फत वैदेशिक रोजनकारमा पठाउने मेनपावर कम्पनीले पनि एक मुस्ट कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ । जसका लागि कम्पनीले इजाजत प्राप्त गरेको समयमा पाएकोे लट नम्बर प्रयोग गरी पनि इसेवाबाट रकम बुझाउन सकिनेछ ।
इ–सेवाबाट सिधै बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्न सकिने भएपछि वैदेशीक रोजगारीमा जाने व्यक्तिको समय र खर्चको बचत हुनेछ । यसअघि कल्णकारी कोष र बीमाको रकम बुझाउन लामो समय लाइनमा बस्नुपर्ने बाध्यता रहिआएको थियो ।








प्रतिक्रिया