आइतबार, वैशाख १६, २०८१

फेरि बढ्यो सुनको मुल्य

नेपालखोज २०७७ मंसिर १८ गते ११:३८

काठमाडौं । सुनको मुल्य बिहीबार पनि बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकैदिन प्रतितोला १६ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ ९२ हजार ६ सय रुपैयाँ पुगेको छ । बुधबार छापावाल सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार १५० रुपैयाँ कायम भएको छ । बुधबाबर तेजावी सुनको भाउ प्रतितोला ९० हजार ५५० रुपैयाँ थियो । यता, बिहीबार चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर १२ सय ५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया