गुरु ट्राभल्स र एनएमबी बैंकबीच सम्झौता

काठमाडौं । गुरु ट्राभल्स र एनएमबी बैंकबीच सम्झौता भएको छ । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेड तथा नेपालको बैंक तथा वित्तीय क्षेत्रमा सशक्त रूपमा स्थापित एनएमबी बैंकबीच व्यावसायिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
सम्झौता अन्तर्गत एनएमबी बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी बैंकको क्रेडिट कार्ड प्रयोग गरी सहज र सुरक्षित तरिकाले टुर तथा भ्रमण प्याकेज खरिद गर्न सक्ने इएमआई सुविधा उपलब्ध गराउनेछ ।
यस सुविधा अन्तर्गत ग्राहकले आफ्नो खरिद गरेको टुर प्याकेजको रकमलाई १२ महिना देखि १८ महिना सम्मको लचिलो अवधिमा मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
सम्झौतामा बैंकका ग्राहक तथा कर्मचारीहरुले गुरु ट्राभल्समार्फत विभिन्न ट्राभल प्याकेजहरुमा १० हजार रुपैंयाँसम्मको स्पेशल डिस्काउण्टका साथै अन्य विशेष छुट र आकर्षक अफर प्राप्त गनैं कम्पनीले जानकारी दिएको छ । साथै, दुवै संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गतका गतिविधिहरुमा आपसी सहकार्य गर्ने सहमति गरेका छन् ।

प्रतिक्रिया