बुधबार, वैशाख १९, २०८१

रिलायन्स स्वाबलम्बी बचत खाता सञ्चालनमा

नेपालखोज २०७७ मंसिर १८ गते १२:२८

काठमाडा । रिलायन्स फाईनान्सले ‘रिलायन्स स्वाबलम्बी बचत खाता’ सञ्चालनमा ल्याएको छ । फाईनान्सले ११ औं बार्षिक दिवसको अवसरमा बिभिन्न सरकारी गैर सरकारी तथा निजि कम्पनीहरुमा कार्यरत कर्मचारीहरु लगायत सर्वसाधारणलाई लक्षित गरि उच्चतम प्रतिफलयूक्त बचत खाता संचालनमा ल्याएको हो ।

फाईनान्सले यो शीर्षकमा खाता खोली कारोवार संचालन गर्ने ग्राहकहरुका लागि सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडसंगको सहकार्यमा तीन लाख रुपैयाँ बराबरको दुुर्घटना बीमा तथा एक लाख रुपैयाँसम्मको १८ प्रकारका घातक रोगहरुको बीमा उपचार सुबिधा उपलब्ध गराउने सम्झौता गरेको छ ।

सम्झौतामा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फवाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा रिलायन्स फाईनान्सका तर्फबाट अनिल श्रेष्ठले हस्ताक्षर गरेका हुुन् ।

प्रतिक्रिया