शुक्रबार, वैशाख ७, २०८१

चालु आर्थिक वर्ष सकिँनै लाग्दा आधा दर्जन संस्थाले गरे एकीकृत कारोबार

नेपालखोज २०७८ असार २७ गते १५:०६

काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुको संख्या निरन्तर घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया सुरु गराए पश्चात् २०७८ बैशाख मसान्तसम्म कुुल दुुई सय २० बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका थिए ।

सोमध्ये एक सय ६६ वटा संस्थाहरुको इजाजत खारेज हुनगई ५४ संस्था कायम भएकोमा चालु आर्थिक बर्ष सकिनै लाग्दा थप आधा दर्जन संस्थाहरुले मर्जर तथा प्राप्ति मार्फत एकीकृत कारोवार सुभारम्भ गरेका छन् ।

सोही कारण चालुु आर्थिक वर्षको अन्तिम त्रैमाससम्म बैंक तथा वित्तीय संस्थाहरुको संख्या अझै घट्ने देखिएको छ । चालुु आर्थिक वर्षको समाप्ति नजिकिदैं गर्दा अर्थात यही असार २६ गते र असार २७ गते दुुई दिनमा नै आधा दर्जन संस्थाहरुले प्राप्ती मार्फत एकीकृत कारोवार सुभारम्भ गरेका हुुन् ।

सोमध्ये नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति गरी नविल बैंक नेपाल लिमिटेडको नाउँमा आज आइतबारबाट नै एकीकृत कारोबार सुभारम्भ गरेको छ भने आजै नेपाल फाइनान्सले पनि ललितपुर फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार सुभारम्भ गरेको छ ।

यसैगरी असार २६ गते पनि सिटिजन्स बैंक इन्टरनेसनल नेपाल लिमिटेडले सिर्जना फाइनान्सलाई प्राप्ति गरी सिटिजन्स बैंक इन्टरनेशन नेपाल लिमिटेड कै नाउँबाट एकीकृत कारोबार सुभारम्भ गरिसकेको छ ।

राष्ट्र बैंकका अनुसार पछिल्लोपटक नेसनल माइक्रो फाइनान्स लघुुवित्त वित्तीय संस्थालाई पनि महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एकीकृत कारोबार गर्नको लागि अन्तिम स्वीकृति दिइसकेको छ ।

सोही आधारमा आगामी समय बैंक तथा फाइनान्स कम्पनीहरुको संख्या अझै घट्छ, नेपाल राष्ट्र बैंकका उच्च अधिकारीले भनेका छन् । राष्ट्र बैंकका ति अधिकारीका अनुसार चालुु आर्थिक वर्षको पछिल्लो १० महिनामा नेपालमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल संख्या एक सय ३८ रहेको थियो ।

जसमध्ये २७ वटा वाणिज्य बैंक, १८ वटा विकास बैंक, २० वटा फाइनान्स कम्पनी, ७२ वटा लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका थिए । अब भने बैंक तथा फाइनान्स कम्पनीहरुको संख्या घटेर एक सय ३३ वटामा सिमित भएको छ ।

जसमध्ये वाणिज्य बैंकको संख्या २७, विकास बैंकको संख्या १९, फाइनान्स कम्पनीहरुको संख्या १७ र लघुुवित्त वित्तीय संस्थाहरुको संख्या ७१ मा झरेको छ ।

प्रतिक्रिया