शुक्रबार, वैशाख १४, २०८१

मन्त्रीपरिषद् बैठक अघि प्रधानमन्त्री पुगे शितल निवास

नेपालखोज २०७७ मंसिर १८ गते १३:५३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् । उनी केहीबेरअघि राष्ट्रपति निवास पुगेका हुन् ।

प्रधानमन्त्रीका संचार विज्ञ रामशरण बजगाइँले प्रधानमन्त्री शीतलनिवास पुगेको पुष्टि गरे । उनले राष्ट्रपति र प्रधानमन्त्रीको भेट नियमित भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन् । मन्त्रिपरिषद् बैठकअघि ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् ।

प्रतिक्रिया