झापामा प्लाई उद्योगमा आगलागी हुँदा ३० लाख बढी क्षति
नेपालखोज
२०७७ मंसिर १९ गते १४:३३

झापा । झापाको बिर्तामोड नगरपालिका–२, चैतुवारीस्थित एक प्लाई उद्योगमा आगलागी भएको छ । स्थानीय होमप्रसाद घिमिरेको नमस्ते प्लाई उद्योगमा आगलागी हुँदा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी राकेश थापाले बताए ।
प्रहरीकाअनुसार आज बिहान सवा ७ बजे विद्युत सर्ट भइ आगलागी भएको थियो । आगलागी भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, अनारमनी, १ नं. प्रदेश विपद् व्यवस्थापन गुल्म, चन्द्रगढी र सशस्त्र प्रहरी बेश क्याम्प, शनिश्चरेबाट संयुक्त टोली खटिएको थियो ।
आगो नियन्त्रणमा दमक, भद्रपुर र विर्तामोड नगरपालिकाको दमकल समेत खटिएको थियो । त्यसक्रममा ३ घन्टा बढीको प्रयासपछि आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीको जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया