नेपाल एयरलाइन्सलाई हङकङ उडानमा चौथो पटक १५ दिनको लागि प्रतिबन्ध

काठमाडौं । हङकङले नेपाल एयरलाइन्सको उडानमा चौथो पटक प्रतिबन्ध लगाएको छ । हङकङले ३ देखि १५ डिसेम्बरसम्म उडानमा प्रतिबन्ध लगाएको हो । नेपाल एयरलाइन्सको जहाजमार्फत हङकङ पुगेको यात्रुमा कोराना पोजेटिभ देखिएको भन्दै उडानमा प्रतिबन्ध लगाएको हो ।
पछिल्लो पटक नेपाल एयरलाइन्सको जहाजमार्फत हङकङ पुगेको ६ जना यात्रुमा कोरोना देखिएको थियो। ६ जना यात्रुमा कोरोना देखिएसँगै हङकङले फेरि १५ दिनका लागि नेपाल एयरलाइन्सको उडानमा प्रतिबन्ध लगाएको हो । यसअघि ३ पटकसम्म हङकङ उडानमा प्रतिबन्ध लागेपछि नेपाल एयरलाइन्सले हङकङ जाने उडानमा नेपालका सरकारी ल्याबको रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरेका थियो ।
हङकङले पहिलो पटक अक्टोबर ४ देखि नोभेम्बर १७ सम्म, दोस्रोपटक अक्टोबर २० देखि नोभेम्बर ३ सम्म र तेस्रो पटक नोभेम्बर १२ देखि २५ सम्म उडान प्रतिबन्ध लगाएको थियो । ३ पटकसम्म निजी ल्याबबाट पिसिआर परीक्षण गरेर हङकङ पुगेका यात्रुमा कोरोना देखिएको भन्दै नेपाल एयरलाइन्सले हङकङ उडानमा पछिल्लो पटक सरकारी ल्याबलाई मात्रै मान्यता दिएको थियो ।
अन्तिम पटक सरकारी ल्याबको रिर्पोट लिएर हङकङ उडेका ६ जनामा कोरोना देखिएपछि हङकङले नेपाल एयरलाइन्सलाई पुनः प्रतिबन्ध लगाएको हो । तेस्रो पटकको उडान प्रतिबन्ध फुकुवापछि नेपाल एयरलाइन्सले ३० नोभेम्बरमा हङकङ उडान गरेको थियो ।

प्रतिक्रिया