नेपालमा थप १५७५ जना कोरोना संक्रमित संक्रमणमुक्त
नेपालखोज
२०७७ मंसिर १९ गते १७:०८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा २ लाख २१ हजार ८ सय ४७ जना संक्रमित उपचारपछि निको भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ३१ जनाको पिसिआर गर्दा १ हजार २ सय ७२ जना कोरोनाका नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।
आज देशभर १५ हजार ४ सय ४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतक संख्या १ हजार ५ सय ६७ पुगेको छ ।
सम्बन्धित

प्रतिक्रिया