सोमबार, असार ३२, २०८१

अर्थमन्त्री पौडेल र नेपालका लागि युरोपियन युनियनका राजदूत डेप्रेजबीच शिष्टाचार भेटघाट

नेपालखोज २०७७ मंसिर १९ गते २१:४०

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।

भेटमा अर्थमन्त्री पौडेलले नेपाल र युरोपियन युनियनबीच सुखद् र असल सम्बन्ध रहेको उल्लेख गर्दे नेपालको विकास विशेष गरी शिक्षा, कृषि, स्वास्थ्य, संघीयता कार्यान्वयन, कोभिड-१९ न्यूनीकरण र रोकथाममा गर्दै आएको सहयोगको लागि धन्यवाद दिएका छन् ।

अर्थमन्त्री पौडेल र राजदूत डेप्रेचबीच द्विपक्षीय सम्बन्ध, पर्यटन प्रवर्द्धन, लगानी अभिवृद्धि, कोभिड(१९ महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भयो ।

त्यसैगरी युरोपियन लगानी बैंकको सहयोग थप बिस्तार गर्ने विषयमा पनि छलफल भएको छ ।
राजदूत डेप्रेचले कोभिड-१९ नियन्त्रणका लागि संयुक्त प्रयास गर्नुका साथै सहायता अभिवृद्धि गर्दै जाने बताएकी थिईन् ।

प्रतिक्रिया