नेपालखोजको कार्यकारी सम्पादकमा आशा साह

काठमाडौं । सरस्वती इभेन्ट्स प्रालिद्वारा सञ्चालित नेपालखोज डटकमको सम्पादकीय नेतृत्वमा आशा साह चयन भएकी छन्। नेपालखोज डटकमका अध्यक्ष सुवाश शर्माले आइतबार आयाेजित एक समारोहका बीच साहलाई कार्यकारी सम्पादकको जिम्मेवारी प्रदान गरेका हुन्।
समाराेहमा अध्यक्ष शर्माले कार्यकारी सम्पादक साहलाई सफल कार्यकालको शुभकामना दिएका छन्। चुनौतीपूर्ण समय भए पनि साहको अनुभव, लगनशीलता, दक्षता र सिर्जनशीलताले नेपालखोज अनलाइनलाई नयाँ उचाईमा पुर्याउने आशा अध्यक्ष शर्माले व्यक्त गरेका छन्।
रौतहटको चन्द्रनिगाहपुर स्थायी ठेगाना भई काठमाडौंलाई कर्मथलो बनाएकी युवा पत्रकार साह विगत एक दशकददेखि पत्रकारितामा संलग्न छिन्। साहले यसअघि विभिन्न पत्रपत्रिका तथा अनलाइनमा काम गरेकाे अनुभव संगालेकी छिन्।
नवनियुक्त कार्यकारी सम्पादक साहले नेपालखोजले आर्जन गरेको विश्वसनीयतालाई अझ उचाईमा पुर्याउन हरसम्भव कोसिस गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन्।
प्रतिक्रिया