सोमबार, असार ३२, २०८१

राजसंस्थाको माग गर्दै काठमाडौंमा प्रदर्शन (फाेटाेफिचर)

नेपालखोज २०७७ मंसिर २० गते १५:५०

काठमाडौं । राजसंस्थाको माग गर्दै काठमाडौं उपत्यकामा प्रदर्शन भएको छ । ‘राष्ट्रिय नागरिक आन्दोलन समिति– २०७७’ को आह्वानमा आज प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागीहरुले राजसंस्थाको स्थापनाको माग गर्दै संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने नारा लगाएका थिए ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सभामा आगामी फागुन ७ गते काठमाडौंबाट निर्णायक आन्दोलन सुरु गर्ने जानकारी दिइएको थियो । प्रदर्शनकारीले वर्तमान सरकार भ्रष्टाचारमा डुबेको भन्दै नागरिक सरकारको माग गरेका छन् ।

सभामा आगामी फागुन ७ गते काठमाडौंबाट निर्णायक आन्दोलन सुरु गर्ने जानकारी दिइएको थियो ।

प्रदर्शनकारीले वर्तमान सरकार भ्रष्टाचारमा डुबेको भन्दै नागरिक सरकारको माग गरेका छन् ।

‘त्यस्तै राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आह्वानमा भएको प्रदर्शनमा राजसंस्थाको स्थापना, धर्मनिरपेक्षता र संघीयताको खारेजीसँगै वर्तमान संविधानको खारेजीको माग गरेका थिए ।

प्रतिक्रिया