सोमबार, असार ३२, २०८१

नबिल बैंक र वान टु वाचबिच लघु, साना तथा मझौला उद्यमीहरूलाई सहयोग गर्न सहकार्य

नेपालखोज २०७७ मंसिर २० गते १८:३३

काठमाडौं । नेपालकै अग्रणी वाणिज्य बैंक, नबिल बैंक र वान टु वाच, एक लगानी प्रबर्धन कम्पनीले संयुक्त रूपमा “कोभिड-१९ एमएसएमई कोष नेपाल” अन्तर्गत लघु, साना तथा मझौला उद्यम (एमएसएमई) हरुलाई ब्याज मुक्त र धितो रहित कर्जा प्रदान गर्ने सम्झौता गरेको छ ।

यस रणनीतिक साझेदारीमा लघु, साना तथा मझौला उद्यमहरूलाई कोविड-१९ बाट प्रभावित तर व्यवसायलाई निरन्तरता दिने क्षमता भएका व्यवसायलाई धितो रहित र ब्याजमुक्त छोटो अवधिको कर्जाले लाभान्वित भई कोविड-१९ को प्रभाव बिरूद्ध लड्न तथा व्यवसायलाई निरन्तरता दिन मद्दत हुनेछ । त्यसै गरियी व्यवसायहरु मध्येका छनोटमा परेका व्यवसायीहरुले आफ्नो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्ने छन् ।

पूर्व निर्धारित मापदण्डको आधारमा व्यवसाय सुचारु गर्ने सम्भाव्यताको मूल्यांकन गरिएको एमएसएमईहरूले नबिल बैंकबाट धितो रहित कर्जा प्राप्त गर्नेछन र ब्याज रकम अधिकतम १८ महिनासम्म कोषले भुक्तान गर्नेछ । नबिलबैंकका डेपुटी सीईओ, सुजितकुमार शाक्य र वान टु वाचका प्रबन्ध निर्देशक, सुमन जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो कार्यक्रममा नबिल बैंककातर्फबाट प्रमुख एसएमई र लघुवित्त, निरज बस्नेत डनिल र वान टु वाचकातर्फबाट कार्यक्रमका प्रबन्धक, सुब्रिना श्रेष्ठको उपस्थिति रहेको थियो ।

साझेदारीको बारेमा बोल्दै, नबिल बैंकका सीईओ अनिल केशरी शाहले भने, “नबिल बैंक नेपालको एमएसएमई क्षेत्रलाई सहयोग गर्न, उनीहरूको व्यवसायलाई बढाउन र दीर्घकालीन स्थायित्व र समग्र आर्थिक बृद्धिका लागि मद्दत गर्न सदैब तयार छ । कोभिड-१९ प्रभावित व्यवसायलाई यस कठिन समयमा बा“च्नको लागि सहयोग पुर्याउन र निरन्तरता दिइ सक्षम हुन धितो रहित र ब्याज मुक्तकर्जा प्रदान गर्न यस प्रयासमा वन टु वाचको साथ सहकार्य गर्न धेरै उत्साहित छौ ।

नबिल बैंकले लघु, साना तथा मझौला उद्यमीहरूलाई वित्तीय पहुँच पुर्‍याउन सजिलो बनाउने सेवाहरू ल्याएर एमएसएमई क्षेत्रको प्रबर्धनमा सदैब केन्द्रित रहेको छ ।” साथै, वान टु वाचका प्रबन्ध निर्देशक, सुमन जोशीले भने, “हामी नबिल बैंकलाई पार्टनर बैंकहरूको सुचीमा राख्न पाउ“दा अत्यन्त खुशी छौं । केहीहप्ता अघि यो कोषको थालनी भएदेखि हामीले नेपालका विविध क्षेत्र तथा विभिन्न भुगोलका एमएसएमईबाट धेरै उत्साहजनक प्रतिक्रिया प्राप्त गरेका छौ । नबिल बैंकको सहभागितामा एसएमईलाई यस कठिन समयमा अघि बढ्न र रोजगारी जोगाउन तथा सिर्जना गर्न अझ मद्दत गर्नेछ ।”

नबिल बैंक
नबिल बैंकले आफ्नो देशभर एक सय १९ वटा शाखाकार्यालयहरु, एक सय ८५ एटीएम र १५ सय भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टको बृहत सञ्जालमार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ ।

वान टु वाच
वान टु वाच एक लगानी प्रबर्धन कम्पनी हो र यो नेपाल, नेदरल्याण्ड्स र म्यानमारमा अवस्थित छ । वान टु वाचले साना र मध्यम आकारको उच्च बृद्धि तथा उच्च प्रभाव भएका कम्पनीहरूस“ग काम गर्दछन ।

उनीहरू आफ्नो लगानी ब्यवस्थापन विशेषज्ञता प्रयोग गरी उद्यमीहरूलाई सहयोग पुर्याउन र स्थानीय जनताका लागि रोजगारी सिर्जना गरिरहेका छन् । वान टु वाचको समुदायले ४० भन्दा बढी स्थानीय सल्लाहकार, २०ं भन्दा बढी अन्तर्राष्ट्रिय सल्लाहकार, १३ उद्योग विशेषज्ञ, ४० माथि लगानीकर्ता र ८ संस्थागत साझेदार समावेश गर्दछ ।

प्रतिक्रिया