कोरोना खोप नेपालका नागरिकले पनि प्रयोग गर्न पाउनेमा ढुक्क हुन आग्रह
नेपालखोज
२०७७ मंसिर २१ गते १७:०१

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप अरु देशका नागरिकले प्रयोग गर्ने अवस्थामा नेपालका नागरिकले पनि प्रयोग गर्न पाउनेमा ढुक्क हुन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिलेसम्म पूर्ण भरपर्दो खोप आविष्कार भइनसकेको र भरपर्दो खोप अरु देशका नागरिकले प्रयोग गर्ने अवस्थामा नेपालका नागरिकले पनि प्रयोग गर्न पाउने कुरालाई सरकारले सुनिश्चितता गरेको जानकारी दिएका छन् । यसका लागि विभिन्न उपसमिति नै गठन गरेर काम भइरहेको प्रवक्ता गौतमले बताएका छन् ।
अहिलेसम्म शतप्रतिशत नतिजा दिने खोप पत्ता लागिनसकेकोले सरकारले जारी गरेका मापदण्डको पूर्ण पालना गर्नु नै जोखिम कम गर्ने उत्तम उपाय भएको प्रवक्ता गौतमको भनाइ छ ।
सम्बन्धित








प्रतिक्रिया