सोमबार, असार ३२, २०८१

फुटेको तीन वर्षपछि साझा र विवेकशील पार्टीबीच एकता

नेपालखोज २०७७ मंसिर २४ गते १६:३०

काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच फुटेको तीन वर्षपछि एकता भएको छ । यी दुई पार्टीले आज एकीकरणको घोषणा गरेका छन्। भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन विवेकशील नेपाली दल र साझा पार्टीबीच एकिकरणको घोषणा भएको हो।

‘नेपाली राजनीतिलाई अझ धेरै लोकतान्त्रिक, सुसंस्कृत, समावेशी, जनउत्तरदायी र न्यायपूर्ण बनाउँदै सुशासन, संवृद्धि र स्वाभिमानको महाअभियानलाई नेतृत्व गर्ने अपेक्षाका साथ आ-आफ्नै पृष्ठभूमि र परिवेशमा सङ्गठित भएका विवेकशील नेपाली दल र साझा पार्टी २०७४ साउन ११ गते विवेकशील साझा पार्टीको रूपमा एकीकृत भएका थियौँ,’ घोषणा पत्रमा भनिएको छ।

३ बर्ष अघिको एकीकरण व्यवहारिक कमजोरीहरूका कारण लामो समय नटिकेको घोषणा पत्रमा उल्लेख गरिएको छ। २०७५ पौष २७ गते विवेकशील साझा पार्टी विभाजित भएको थियो।

एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ राखिएको छ। पार्टीको अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहने पनि जनाइएको छ। एकीकृत पार्टीको केन्द्रीय समितिमा दुवै पक्षबाट ६५/६५ जना सदस्यहरू रहने गरी कूल १३० जना केन्द्रीय कमिटी बनाइएको छ भने एकीकृत पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट बराबरीको सङ्ख्या (१३/१३ जना) सदस्य रहने केन्द्रीय सचिवालय गठन गर्नेछ।

प्रतिक्रिया