शुक्रबार, वैशाख १४, २०८१

सन्दीप लामिछाने आज अफ्रिका जाँदै

नेपालखोज २०८० जेठ २२ गते ७:५०

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदैछन् । काठमाडाैं जिल्ला अदालतमा नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर लामिछानेलाई ‘अपबाद’का रुपमा लामो समय तारिख स्थगित गर्दै उनको दक्षिण अफ्रिका र जिम्बाब्वे यात्रा पक्का भएको हो । अब उनको तारिख २९ असारमा राखिएकाे छ ।  

विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि उनले अदालतमा नेपाल फर्किएको जानकारी गराउनेछन् भने २९ असारमा तारिख बुझे पछि त्यसको अर्को साता पेसी तोकेर सुनुवाइ सुरु गरिने गरी अदालतले ब्यवस्था मिलाएको छ । लामिछाने आज राति २ बजे कतार एयरलाइन्समार्फत अफ्रिका जाने बुझिएको छ ।

प्रतिक्रिया