शुक्रबार, चैत १६, २०८०

नेपाल चेम्बर र रुसी व्यापारीक प्रतिनिधिमण्डलबिच भेटवार्ता

नेपालखोज २०७७ मंसिर २४ गते २१:२५

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र रसियन फेडरेश ब्यापारिक प्रतिनिधिमण्डलका प्रमुख भ्लादिसम मिट्रिभको टोलिले चेम्बर पदाधिकारी बिच भेटबार्ता भएको छ ।

भेटबार्तामा नेपालका लागि रुसका राजदुत अलेकसेइ नेइकोभले कोभिड पश्चात ब्यापारीक प्रतिनिधिमण्डलको भ्रमणको विशेष महत्व रहेकाले यस भ्रमणबाट दुवै मुलुकका जनता र व्यवसायीले लाभ लिन सक्ने बिचार व्यक्त गरे ।

रुसले कोभिड १९ विरुद्धको खोप प्रयोगमा ल्याइसकेको कुरा जानकारी गराउदैँ मिट्रभले नेपाल खोप प्राप्त गर्ने संभाव्य दश मुलुकको सूचीमा रहेको बताउदा खुसि ब्यक्त गरे । रुस फर्मास्युटिकल सामानको निकासीमा जेनेरिक निकासी गर्ने गरिएको जानकारी गराउदैँ मिट्रभलले अन्र्तराष्ट्रिय निकासीको ठूलो सम्भावना रहेकाले दुई मुलुक बीच सहकार्य गर्नुपर्ने कुरामा जोड दिए । खासगरी पूर्वाधार, रेल्वे, मेट्रो र अटोमोबाईलमा दुई मुलुकबीच सहयोग र सद्भावको प्रर्याप्त संभावना रहेको मिट्रभलको भनाइ थियो ।

यसका साथै रुसले डिजिटल अर्थतन्त्रमा समेत जोड दिदै आएको र नेपाल संग कृषि क्षेत्रमा “फिजियोलोजीको” बारेमा सहयोगका प्रारम्भिक चरणको कार्य भइरहेको बताउँदै यस क्षेत्रमा नेपाल भारत र चीन बिच पुलको काम गर्न सक्ने बताए । नेपालमा परापूर्वकाल देखि पर्यटन र आयुवेर्दको प्रयोग भइरहेको र रुससँग प्रविधि क्षमता प्रर्याप्त भएका कारण आयुर्वेदको वैज्ञानिक ढंगले विकाशमा सहकार्य गर्न ब्यवसायीलाई आग्रह गर्दै “मेडिकल टुरिजम”मा जोड दिनु पर्ने सुझाव व्यक्त गरे । पर्यटन र व्यवसायीक प्रवद्र्धन गर्न नेपाल र रुस बीच सिधा हवाई सम्पर्क सुरुवात हुनुपर्ने आवश्यकता रहेको रुसी ब्यापारीका प्रतिनिधीमण्डलको जोड रहेको छ ।

कोभिड–१९ विरुद्धको खोप अनुसन्धानमा रुसले पाएको सफलताप्रति बधाई तथा शुभकामना व्यक्तगर्दै नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले खोप नेपालमा आयात गरी आमनागरीकलाई वितरण गर्न चेम्बरले सहजकर्ताको भुमिका निर्वाह गर्न तयार रहेको बताए । श्रेष्ठले नेपाल जलसम्पदाको धनि देश भएका कारण यसको समुचित प्रयोग गर्न र ४०० के.भी. ट्रान्समिसन लाईनमा रुसी लगानी भित्रिने आशा एवं विश्वास व्यक्त गरे ।

प्रतिक्रिया