शनिबार, पुष ५, २०८२

भारतसँग बासमती चामलको लडाइँ : नेपालले पठायो ईयूलाई विरोधपत्र

नेपालखोज २०७७ मंसिर २५ गते १३:५८

काठमाडौं। अन्तर्राष्ट्रिय व्यापारमा एकाधिकार जमाउने लक्ष्यसहित बासमती चामलको भौगोलिक संकेत दर्ता गर्ने भारतको प्रयासविरुद्ध नेपालले दाबी विरोध गरेको छ।

भारतले युरोपियत यूनियन (ईयू) मा बासमती चामल आफ्नो देशका केही निश्चित क्षेत्रमा मात्रै उत्पादन हुने भन्दै भौगोलिक संकेत दर्ताको निवेदन दिएको थियो।

त्यसको विरोधमा नेपालले बुधबार इमेलमार्फत भारतको दाबी गलत रहेको भन्दै बासमती चामलको उत्पादनरखेती वर्षौंदेखि नेपालमा पनि हुँदै जानकारी गराएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले इमेलमार्फत भारतको दाबीको विरोध गरेर ईयूमा पत्र पठाएको जानकारी दिए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको संयुक्त डकुमेन्ट समावेश गरेर बनाइएको विरोध पत्र नेपाल कृषि अनुसन्धान परिषद्ले इमेलमार्फत पठाएको हो।

उक्त विरोधपत्रमा सदियौंदेखि नेपालमा बासमती धानरचामलको उत्पादन, बिक्री तथा वितरण हुँदै आएको बताइएको छ। नेपालले पठाएको मेल दर्ता भएको जानकारी ईयूले दिएको छ।

प्रतिक्रिया