मंगलबार, साउन १, २०८१

प्रदर्शनको जिम्मा ७७ जिल्लाका जिल्ला समितिलाई

नेपालखोज २०७७ मंसिर २५ गते १४:२०

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले यहि मंसिर २९ गते सरकारविरुद्ध प्रदर्शनको घोषणा गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको बैठकले केन्द्रबाट पदाधिकारी नखटाउने निर्णय गरेको हो ।

आगामी मंसिर २९ गतेका लागि घोषणा गरिएको सरकारविरुद्धको प्रदर्शनको जिम्मा जिल्ला कार्यसमितिलाई दिएको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशरण महतले २९ गतेको विरोध प्रदर्शन सांकेतिक मात्र भएकाले केन्द्रीय प्रतिनिधि नतोकिएको जानकारी दिए ।

यसअघि नै जिल्ला कार्यसमितिलाई परिपत्र गरिसकेको कांग्रेसको पदाधिकारी बैठक केन्द्रबाट नेतृत्व गर्ने पदाधिकारी पठाउने नपठाउने भन्ने विषयको छलफलका लागि डाकिएको थियो ।

प्रतिक्रिया