शनिबार, असार ३०, २०८१

सालकको खपेडा सहित दुई जना पक्राउ

नेपालखोज २०७७ मंसिर २६ गते ९:१४

काठमाडौं । काठमाडौं सोह्खुट्टेचोक नजिक रहेको सूर्यदेब मिठाई पसलबाट दुर्लभबन्य जन्तु सालकको खपेडा अखेटोपहार सहित दुई जना पक्राउ परेका छन् ।

अखेटोपहार बिक्री वितरण भैरहेको विषेश सुराकीको आधारमा प्रहरी सहायक निरिक्षक राजेन्द्र ढुंगेलको टोलीले कारोबारमा संलग्नलाई पक्राउ गरेको थियो ।

सिन्धुली जिल्ला ग्याङलेक गाउँपालिका वडा नं ४ का हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका बस्ने टेक बहादुर आले मगर र रबिन तामाङलाई सालकको खपेडासहित प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ३५ हजार नगद र एउटा मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त सोर्हखुट्टेमा डिएसपी दिपक खड्काले नेतृत्व लिएपछि उक्त क्षेत्रमा चोरी तस्करीको घटनामा नियन्त्रण भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया